कञ्चनपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले ७६ वर्षीय मलाङ तामाङ (लामा)लाई पक्राउ गरेको हो।
लामा आफ्नै घर लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कैद गरिसकेको प्रहरीले जनाएको छ। उनीमाथि वारदाताका समयमा उधारोमा १५ सयको भैँसी किनेर उक्त पैसा नतिरेको विषयमा झैझगडा हुँदा कुटपिटबाट स्थानीय नाम्जा तामाङको मृत्यु भएको आरोप छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !