महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार छलेर ल्याइएका अबैध सामान बरामद गरेको छ ।
सोमबार जिल्लाको बेलौरी नगरपालिका – ६ दुम्ली स्थित भारतबाट मोटरसाइकलमा भन्सार छलेर ल्याएको १ लाख दुई हजार पाँच सय बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

बरामद समान कारवाहीको लागि त्रिनगर भन्सार कार्यलय कैलाली पठाइएको एसपी चतुर्बेदीले बताए ।


















