काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका-३ का ५७ वर्षीय विजयकुमार श्रेष्ठ रहेका छन् ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत माघ २ गते श्रेष्ठलाई तीन दिन कैद र बिगो बमोजिम ९ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएकोमा उनी फरार थिए ।आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि उनले गत असार १५ गते झुक्याएर रकम भुक्तानीका लागि गोंगबुस्थित कुमारी बैंक लिमिटेडको चेक काटेका थिए ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको टोलीले काभ्रेस्थलीमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको व्युरोले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !