काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्युचाटारबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–११ घर भएका आङगु शेर्पा छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले स्युचाटार बस्ने ३६ वर्षीय आङगु शेर्पाको कोठाबाट २ हजार ३ सय ७५ एम्पुल लागुऔषध बरामद गरेको छ ।
स्युचाटारस्थित उनको कोठाबाट ८ सय ११ एम्पुल डाइजेपाम, ७ सय ८५ एम्पुल फेनेरागन, ६ सय एम्पुल नुर्फिन र १ सय ७९ एम्पुल लुपुजेपाम बरामद गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !