सिरहा । सिरहाको लहान नगरपालिका – ८ स्थितमा रहेको मालपोत कार्यालय लहानमा केहिसमय अघि बम विस्फोटस्थलबाट जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा भेटिएको छ । बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित मुठ फाँट नजिक टुक्रा टुक्रा भएको मोर्चाको पर्चा भेटिएको थप अनुसन्धान जारी छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहको नेतृत्वमा अनुसन्धान भइरहेको छ। सिंहले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालिएको बताए। सिंहले आफू अहिले घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !