काठमाडौं । टीकापुरमा ८ जनाको हत्या आरोपमा जिल्ला अदालत कैलाली र उच्च अदालत पाटनले जन्मकैदको संजाय सुनाएका कैलाली १ का सांसद रेशम चौधरीको कैद मिनाहा गर्न प्रधानमन्त्री केपी ओली तयार भएका छन् ।
उनले जनता समाजवादी पार्टीसँग चौधरीको मुद्दा फिर्ता लिन ओली तयार भइसकेका छन् । चौधरीको कैद संजाय माफ भए पनि उनी कानुनी रुपमा सांसदको रुपमा सदनमा भाग लिन नपाउने अवस्था छ । नेपाली कांग्रेसका युवानेता रामहरि खतिवडाले सत्ताको लागि जुनसुकै अपवित्र गठबन्धन गर्न ओली तयार भएको आरोप लगाएका छन् ।


















