बाँके । हतियारसहित वैद्य निकट नेकपा (माओवादी क्रान्तिकारी) पार्टीका केन्द्रीय सल्लाहकारलाई प्रहरीले बाँके पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार वैद्य निकट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम थारुलाई ठुलो परिमाणमा हतियारसहित उनको आफ्नै घर राप्तीसोनारी गाउँपालिका ५ जबरपुरबाट शनिवार विहान पक्राउ गरिएको हो ।
केन्द्रीय सल्लाहकार थारुको घरबाट प्रहरीले एक थान कटुवा पेस्तोल, एक थान १२ बोर बन्दुक, दुई थान भरुवा बन्दुक र त्यसमा लाग्ने गोलीगठ्ठासँगै तीन थान जरायोको सिंग समेत बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रविन्द्र खनालले पछिल्ला केही दिनदेखि थारु घरमा रहेको र उनको घरमा ठुलो मात्रामा हतियार समेत रहेको सुराकीको आधारमा प्रहरी टोलीले खोजविन गर्दै जाँदा शनिवार बिहान पक्राउ गर्न सफल भएको बताउनुभयो ।

















