पर्सा । पर्साको वीरगञ्जबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको झुले गाउँपालिका–२ घर भई चितवन टाँडी नगरपालिका– २ बस्ने २० वर्षीय सुरज कार्की र मकवानपुर हटौडा उपमहानगरपालिका– ३ बस्ने ३५ वर्षीय विकाश लामा छन् ।
वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा शरीर खानतलासी गर्दा ज्याकेटको खल्तीबाट नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
त्यसैगरी वीरगञ्ज– १६ इनर्वा भन्सार मुख्य गेटमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जको टोलीले नियमित सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४४ प २६५७ नं।को स्कुटी खानतलासी गर्दा चालक विकास लामाको साथबाट लागु औषध भेटिएको पर्सा प्रहरीले जनाएको छ ।
स्कुटीबाट लागुऔषध विनसिरेक्स १ सय एमएलको २४५ बोतल र नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !