पर्सा । जर्बजस्ती करणी र करणी प्रयास गरेको आरोपमा पर्सा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–३१ बस्ने २२ वर्षीय अनिल कुशवाहा, सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ बस्ने १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ बस्ने १९ वर्षीय अविशेक दास थारुलाई पक्राउ गरिएको हो ।
कुशवाहा र यादवविरुद्ध जबर्जस्ती करणीको र थारुविरुद्ध जबर्जस्ती करणी उद्योगमा संलग्न भएको प्रहरीले जनाएको छ । पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ( डीएसपी ) ओम प्रकाश खनालका अनुसार अनिलले १९ वर्षीय महिलासँग सम्बन्ध कायम गरेका थिए ।
महिलालाई उमेर २० वर्ष पुगेपछि विवाह गर्छु भनी विश्वास दिलाउन २०७६ फाल्गुन १६ गते उनले छेकासमेत गरेका रहेछन् ।उनले आफ्नै घरकोठा तथा गाउँघरको एकान्त स्थानमा समेत गरी पटक–पटक करणी गरेको भनी प्रहरीमा उजुरी परेको छ ।
तर सम्बन्धमा रहेको केटीलाई छोडेर कुशवाहाले अर्कै केटीसँग विवाहसमेत गरेको आरोप अनिलमाथि लागेको छ ।त्यसैगरी सखुवाप्रसौनी गाउँपालिका–५ बलुवा टोल बस्ने रोशनविरुद्ध १६ वर्षी बालिकालाई फागुन ८ गते राति १० बजे जबर्जस्ती करणी गरेको आरोप छ ।
बालिकाको कोठामै गई विवाह गर्छु भनी ललाइफकाई जबरजस्ती करणी गरको प्रहरीले जनाएको छ । रोशनकै कारण फागुन १३ गते बिहान १ बजे केटीले घर छाडी हिँड्न बाध्य भएकी थिइन् । रोशनले भारतको गोरखपुर भन्ने ठाउँमासमेत लिएर डेरा गरी राखी पटकपटक करणी गरेको आरोप केटी पक्षको छ ।
यस्तै फागुन २५ गते बिहान साढे ११ बजे २१ वर्षीया महिला गहुँखेतमा घाँस काटिरहेको अवस्थामा अविशेकले जर्बजस्ती करणी प्रयास गरेको उजुरी प्रहरी कार्यालयमा परेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !