काठमाडौं ।‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्युटी केयर’ले काठमाडौंको बालाजुमा तेस्रो शाखा खोलेको छ । सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउन सफल‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्युटी केयर’ले काठमाडौंको बालाजुमा तेस्रो शाखा खोलेको हो ।
बिहीबार बुद्ध मलमा रश्मिलाजको तेस्रो शाखा खोलिएको वरिष्ठ सौन्दर्यविद् एवम् सञ्चालिका रश्मिला श्रेष्ठले जानकारी दिएकी छिन् ।शाखाको उद्घाटन रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, सञ्चारकर्मी दिनेश डिसी, नायिका अनु शाहलगायतले गरेका थिए ।उद्घाटन कार्यक्रममा कलाकार, व्यवसायी, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।सञ्चालिका श्रेष्ठले उपभोक्ताहरूको मागअनुसार तेस्रो शाखा खोलिएको जानकारी दिइन् ।
बुद्ध मलको शाखाको जिम्मेवारी निक्की प्रधानलाई दिइएको सञ्चालिका श्रेष्ठले बताएकी छिन् । ‘निक्की श्रेष्ठ हाम्रो परिवारको सदस्य पनि हो । उहाँ निकै राम्रो सौन्दर्यविद् पनि हुनुहुन्छ’, उनले भनेकी छिन्, ‘रश्मिलाज् फेसियल हाउसको तेस्रो शाखाबाट हाम्रा उपभोक्ताहरूले गुणस्तरीय सेवा पाउनुहुनेछ ।’रश्मिलाज फेसियल हाउसको सुन्धारास्थित काठमाडौं मल र गंगबुस्थित बिजी मलमा अलग अलग शाखा छन् । रश्मिलाज फेसियल हाउस काठमाडौंमा मलमा सबैभन्दा पहिला स्थापना भएको थियो ।
रश्मिलाज फेसियल हाउसका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले बुद्ध मलको तेस्रो शाखाले गुणस्तरीय सेवा दिने बताए । उनले भने, ‘हाम्रो सेवा भनेको गुणस्तरीय र अन्यत्रभन्दा सस्तो हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !