काठमाडौं । न्याय परिषद्ले सर्वोच्चमा दुई न्यायाधीशका साथै उच्चमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका छन्।
शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ भने अन्य १८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो । चुडाल पाटन उच्च अदालत र सुवेदी सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश हुन् । संसदीय सुनुवाईबाट अनुमोदन भएमा चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !