जनकपुरधाम । जनकपुरको जिरोमाइल स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृत सहित २ जना एक लाख ५० हजार घुस सहित पक्राउ परेको छ ।
अन्त शुल्क समायोजन गर्न सेवाग्राहिबाट लिएको १ लाख ५० हजार रुपैया घुस सहित कर अधिकृत रमेश ढकाल र कन्सलटेन्सी सञ्चालक नविन कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले पक्राउ गरेको हो । बुधबार राति ९ बजे दुबै जनालाई घुस रकम सहित अन्नपूर्ण गेष्टहाउसबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर –६ स्थित नटराज स्प्रिट इन्डस्ट्रीज प्रालीको अन्त शुल्क समायोजन गर्नका लागि कर अधिकृत ढकालले १ लाख ५० हजार घुस मागेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !