Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’ – पुन


काठमाडौं । नेकपा विभाजित भएपछि नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बचाउने प्रयासमा जुटेको छ भने माओवादी केन्द्र नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने प्रयासमा छ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ भने प्रधानमन्त्री ओलीले बहुमत जुटाउने कोशिस गर्नु राजनीतिक नैतिकताका हिसाबले गलत भएको मान्छन् । ओलीले संसद विघटन गरेर मध्यावधि चुनावमा जान खोजेको भन्दै उनले भने, ‘उहाँका लागि संसद नै छैन । उहाँले त पुनस्र्थापित संसदको दुई वर्ष मेरो होइन । ज-जसको हो, तिनीहरुले नै गरिखाऊ भन्नुपर्ने हो ।’

यद्यपि कानूनी रुपमा म बहुमत जुटाउँछु भन्न पाउने भन्दै नेता पुनले एमाले-जसपाको गठबन्धन भए आफ्नो पार्टी प्रतिपक्षमा बस्नेसमेत बताए । संसद विघटनपछि तपाईंहरु छुटि्टनै खोज्नुभएको थियो । फरक यत्ति हो कि त्यसबेला एमालेको एउटा हिस्सा तपाईंहरुतिर थियो, अहिले सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादीको रुपमा अलग हुनुभयो । होइन र ?

त्यसरी छुटि्टने भन्दा पनि विचारको प्रश्न नै मुख्य हो । विचार, राजनीति, सोच मिल्नेहरु, संगठनात्मक कार्यशैली मिल्नेहरु नै पार्टी हो । हामीले सोलोडोलो दुई पार्टी एकता गरेका हौं । तर प्रधानमन्त्री केपी शर्मा ओलीको सोच हेर्दा कम्युनिस्ट पार्टी एकतावद्ध गर्ने, समाजवादको यात्रातिर जानेभन्दा पनि अलि बढी शक्ति लिइहालौं, सत्ता र शक्तिबाट आफूलाई मजबुत गरौं भन्ने जस्तो देखियो । समाजवादको यात्रातिर जानेभन्दा यथास्थितिमा रुमल्लिने र प्रतिनिधिसभा विघटन हेर्दा पछाडि फर्किन खोज्नु भएको हो । संघीयता पनि मन नपरेको, गणतन्त्रको पनि अपनत्व नभएको, धर्म निरपेक्षता र समानुपातिक समावेशीको स्वामित्व लिनेभन्दा पनि यसलाई कुनै ठाउँमा पुर्‍याएर बिसाउन पाए हुन्थ्यो भन्ने सोच देखियो । त्यसकै परिणाम प्रतिनिधिसभा विघटन हो ।

भन्न त ताजा जनादेश लिन भन्नुभयो तर केका लागि जनमत लिने ? समाजवादतिर जान्छौं भन्ने जनमत झण्डै दुई तिहाई छ । पार्टीलाई एकताबद्ध ढंगले लैजान्छौं भन्ने हो भने जनमत दुई तिहाई छ । अहिलेको संविधानलाई कार्यान्वयन, विकास, सुशासनमा जनमत छ । त्यसो हो भने चुनावबाट लिन खोजेको जनमत के हो त ? पछाडि फर्किन खोजेको भन्ने प्रष्ट छ । त्यसलाई सर्वोच्च अदालतले रोकेर संसद पुनर्स्थापना गरेपछि हाम्रो संविधान बच्यो, राजनीतिक प्रणाली बच्यो ।

तर नेकपाको नाम विवादमा सर्वोच्चको अर्को फैसलाले हामी कानुनी रुपमा अलग अलग दल भयौं । विचार र सोचले झलनाथ खनाल, माधवकुमार नेपालहरुसँग नजिक छौं हामी । हाम्रो अपेक्षा छ, उहाँहरुसँग कुनै न कुनै तरिकाले एकतावद्ध हुन्छौं र त्यसले ओलीजी र उहाँसँग रहेका साथीहरुलाई सोच्न बाध्य पार्छ ।

तपाईंहरुले भनेको जस्तो विचार सोच सबै मिलेको भए अदालतले मिल्न पाउँदैनौं त भनेको छैन । एकता गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन प्रतिकुल नहुने गरी आउनु भनेकै छ । तर तपाईंहरु एकअर्कालाई बिदाबारी गर्नतिर जानुभयो । यो भनेको छुटि्टनु त लेखेकै थियो भने जस्तो भएन र ?

सर्वोच्च अदालतको फैसला राजनीतिक भयो भनेर हामीले भनेका छौं । दलको नाम जुध्यो भनेर मुद्दा परेको छ, तर मागदाबी नगरेको विषयमा प्रवेश गरेर अलग अलग गरिदिएको छ । यसमा न्यायिक पुनरावलोकनमा जान्छौं ।

जहाँसम्म माधव नेपाल समूहको कुरा छ, उहाँहरुसँग हामी विद्रोह गर्छौं भन्ने विकल्प थियो । कानूनी निर्णय मान्दैनौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका छौं, त्यसलाई नै नयाँ तरिकाले अगाडि बढाउँछौं भन्न सक्नुहुन्थ्यो ।

यो राजनीतिक निर्णय हुन्थ्यो । उहाँहरुको विचार, सोच मिल्ने माओवादी केन्द्रका साथीहरुसँगै हो । तर हामीसँग दशौं लाख जनता छन्, संघीय संसदमा साथीहरु हुनुहुन्छ । चार वटा प्रदेशमा उहाँहरुका बहुमत छ । स्थानीय तहमा हजारौं साथीहरु हुनुहुन्छ । उहाँहरुमाथि वैधानिकताको प्रश्न उठ्छ । त्यसैले पार्टीभित्रै कम्युनिस्ट आन्दोलनलाई एक गरौं भनेर हिजो पनि बहस गरेकै हो, आज पनि गर्छौं । यो जिम्मेवार प्रयत्न हुन्छ भन्नुभयो ।

ओलीजी एकताविरुद्ध जानुभएको छ, हिजोको प्रतिवद्धताविरुद्ध जानुभएको छ । जनतामा गरेको प्रतिवद्धता साझा घोषणाभन्दा पनि पछाडि हट्नुभएको छ । त्यसैले यसलाई फेरि ट्र्याकमा ल्याउन कोशिस गर्छौं, कानूनी र राजनीतिक लडाईंबाट अगाडि बढ्छौं भन्नुभएको छ । उहाँहरुको स्वतन्त्र निर्णयको हामी सम्मान गर्छौं र विचार, राजनीति मिल्दा सहकार्य पनि गरिरहन्छौं ।

त्यसैपनि उहाँहरुले जसलाई नेता मान्दैनौं भन्नुभएको थियो, उसलाई नेता मान्नुपर्ने अवस्थामा हुनुहुन्छ । त्यसमाथि तपाईहरु सहकार्य गर्छौं भन्दा प्रचण्डको भरिया बनेर आएकाहरु भनेर उहाँहरुलाई थप कर्नरमा पार्ने काम हुँदैन ?

बादल, टोपबहादुरजीहरुले आउँछौं भन्दा बाटो खुला छ । जान्छौं भन्नुभयो भने राजीनामा दिनुस्, मन्त्री पद छाड्नुस्, होइन भने पार्टीले फिर्ता बोलाउँछ
एउटै सोच राख्न नपाउने हुन्छ र ? अहिले पनि फरक पार्टीमा भएकाहरुको सोच मिलिरहेको हुन्छ । विभिन्न फोरममा सहकार्य हुन्छ । त्यसलाई पार्टीको अनुशासनले रोक्छ र ?

फेरि नेकपा एमाले भनेको त माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसालहरुको पनि त हो नि । हिजो पार्टी एकता गरेर नेकपा बनाउँदा एमाले बिसर्जन गरेको, जनताको बहुदलीय जनवादलाई जनताको जनवादमा विलय गरेको केपी ओलीजीले हो । त्यसैले उहाँहरुले पेलाइमा पर्नेभन्दा पनि कानुनी रुपमा तत्कालीन एमालेको ठाउँमा पुगेपछि सबैको एमाले हुन्छ ।

माओवादी केन्द्र पनि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टहरुको पनि हो । हिजो नेकपाभित्र मतभेदले एकतिर ध्रुबिकृत हुनुभयो । आज कानुनी रुपमा अर्को ठाउँमा पर्‍यौं, मतभेद भए पनि यहीँ छलफल गर्छौं भन्नुभयो हामीले सम्मान गर्नुपर्छ । हामीले सार्वजनिक र व्यक्तिगत रुपमा पनि आउनुस्, केही छैन राजनीतिमा उचार चढाव भइराख्छ भनेका छौं ।

हिजो पनि बादलजी अर्कै पार्टी खोलेर जानुभएको थियो । फर्किनुभयो र पार्टीले विश्वास गरेर गृह मन्त्रालयसहित सरकारमा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पनि दियो । यो बीचमा मतभेद भयो, एकातिर जानुभयो । फेरि आउनुभयो भने सहकार्य हुन्छ । राजनीतिमा स्थायी सत्रु वा स्थायी मित्र भन्ने हुँदैन । अन्लाईन खबरबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh