Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जसपाको निष्कर्ष प्रतिगमनकारी कदम चाल्ने प्रधानमन्त्री ओलीलाई साथ दिनु हुँदैन


काठमाडौं । जनता समाजवादी पार्टी प्रतिनिधिसभामा तेस्रो ठूलो दल हो । अहिले उसलाई अन्यथा नभए सत्ताको निर्णायक बन्ने अवसर प्राप्त भएको छ । प्रतिनिधिसभाको ठूलो दल बनेको नेकपा आन्तरिक कलह र सर्वोच्च अदालतको फैसलाले विभाजित भएसँगै सत्ता निर्माणमा जसपाको भूमिका बढेको हो ।

जनता समाजवादी पार्टी ( जसपा ) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल उनलाई सहयोग नगर्ने निष्कर्ष निकालेको छ । मंगलवार बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको प्रतिनिधिसभा सदस्य एवम् जसपाका कार्यकारीणी सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमको अधिकांश सांसदले विरोध गरेको बताउँदै यादवले यस अवस्थामा उनलाई सहयोग गर्नु आत्मघाती हुने निष्कर्षमा सांसदहरु पुगेको बताए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि जसपा नेपालले त्यसको विरोधमा आन्दोलन गरेको थियो । सो आन्दोलनमार्फत जसपाले प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको भन्दै त्यसको खारेजीको माग गरेको थियो । तर प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय फिर्ता लिएनन् । सर्वोच्च अदालतले सो निर्णयलाई उल्टाइ दियो । प्रधानमन्त्री ओलीले अझै पनि संसद विघटन गरेकोमा कुनै पश्चाताप गरेका छैनन् । प्रधानमन्त्रीले अझै हठ नत्यागेकोले त्यस्तो व्यक्तिसँग सहकार्य गर्न नसकिने भन्दै बैठकमा सांसदहरुले कुरा उठाएका थिए ।

प्रधानमन्त्री ओलीलाई समर्थन गरेर सरकार बनाएमा मधेशमा त्यसको विरोध हुने भएकाले उनीसँग सहकार्य नगर्न सांसदहरुले सुझाव दिएको बैठकमा सहभागी सांसदहरु बताउँछन् । ‘तर पार्टीले वार्ता जुन दलसँग पनि गर्नसक्छ, जसले आफूहरुको माग पुरा गर्छ उसैलाई सहयोग गर्ने कुरा पनि हुनसक्छ तर यसपाली माग पुरा नभएसम्म सरकारमा जाने कुरा हुँदैन’ सांसद लक्ष्मणलाल कर्णले बताए । ‘जसपा नेपालले तीनवटै दलसँग छलफल गर्छ छलफलका लागि कुनै आधिकारिक वार्ता समिति गठन भएको छैन, पार्टीले आवश्यकताअनुसार मान्छेलाई पठाएर छलफल गर्न सक्छ’ उनले भने ।

नेकपा ऋषिराम कट्टेलको भएपछि माओवादी केन्द्र र एमाले अलग अलग भएका छन् । दुई दल अलग अलग भएपछि प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा परेको छ । ओलीले आफ्नो सरकार टिकाउनका लागि जसपा नेपालसँग सहयोग मागेका छन् । उनी रेशम चौधरीलाई रिहाइ गर्न पनि तयार भएका छन् । उनले कानुनी प्रकृया पुरा गरेर चौधरीलाई रिहाइ गर्ने प्रतिवद्धता जनाएको नेता कर्णले बताए । तर रिहाइ नगरेसम्म आफूहरुले विश्वास नगर्ने उनले बताए ।

रेशम चौधरीलाई रिहाइ गर्नका लागि के–के कानुनी प्रकृया छ, त्यसको बारेमा बुझ्नका लागि प्रधानमन्त्री ओलीले पार्टीका नेता सुवास नेम्वाङलाई जिम्मेवारी दिएका छन् । सरकारलाई सहयोग गर्ने संकेत जसपा नेपालबाट पाउने वित्तिकै रेशम चौधरीलाई रिहाइ गर्ने सोचमा प्रधानमन्त्री ओली रहेका छन् । तर आज बसेको संसदीय दलको बैठकले ओलीलाई सहयोग गर्न त्यति सजिलो नदेखिएको एक नेताले बताए । ती नेताले भने, ‘अहिले ओली नेतृत्वको सरकारलाई सहयोग गरियो भने जसपा नेपालका लागि आत्मघाती हुन्छ ।’

संसदीय दलको बैठकमा दलको विधानका बारेमा पनि छलफल भएको छ । जसपाले गठन गरेको कार्यदलले तयार पारेको विधान सांसदहरुलाई अध्ययनका लागि दिइएको छ । सांसदहरुले अध्ययन गरिसकेपछि अर्को बैठकबाट त्यसलाई पारित गरिनेछ । समाजवादी पार्टी र राजपा नेपालले पूर्व पार्टीको नामबाट कुनै पनि कार्यक्रम गर्न नपाइने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै संसदीय दल समायोजन नहुन्जेलसम्म वरिष्ठताको आधारमा महन्थ ठाकुरले संसदीय दलको बैठकको अध्यक्षता गर्ने निर्णय पनि भएको छ । दुई पार्टीबीच एकीकरण भएपनि हालसम्म संसदीय दल समायोजन भएको छैन । संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो आकांक्षी देखिएका छन् । संसदीय दलका नेताका लागि सहमति जुटाउने प्रयास भइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh