काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाका नेता बाबुराम भट्राईसँग भेटवार्ता गर्नुभएको छ ।मंगलबार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै अध्यक्ष प्रचण्ड नेता भट्टाईलाई भेट्न टोखा पुग्नु भएको हो ।
नेता भट्टराईसँगको भेटमा के के कुरा भए भन्ने खुलेको छैन । त्यसअघि नेकपा माओवादी केन्द्रकोस्थायी कमिटी बैठक पेरिसडाडाँमा बसेको थियो ।
नेकपा पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र अस्थित्वमा आएका छन् । अब सत्तासहयात्राका लागि एमाले र माओवादीले नेपाली काँग्रेस र जसपासँग साथ खोजिहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !