काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनबारे कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने भएको छ । मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले अब कसरी अगाडी बढ्ने विषयमा कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
साथै बैठकले सर्वोच्च अदालतको पछिल्लो फैसलाप्रति गम्भिर छलफल गरेको पनि उनले बताए । ‘संसदमा कसरि अगाडि बढ्ने भन्नेमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मुख्य जोड छलफल गरी अगाडि बढ्छौं । यसमा एमालेसँग पनि छलफल हुन्छ’, श्रेष्ठले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !