काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताउनुभएको छ ।प्रतिनिधि सभा बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताउनुभएको हो ।
आफूले फैसलाको पूर्ण पाठ हेर्न नभ्याएको बताउँदै प्रधानमन्त्रीले तर फैसलाको सम्मान गर्ने बताउनुभएको हो ।

















