- जनकपुरधाम , फागुन २४ गते सोमबार ।।
- जनप्रभाव न्यूज
आठ लाख कमिसनको रकम फालेर फरार भएका धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ नगरेपछि गाउँपालिकाको कार्यालयमा स्थानीयले लगाएको ताला अझै खोलेका छैनन् ।
गएको फागुन १८ गतेदेखि नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयले अध्यक्ष राउत, निमित्त प्रमुख प्रशासकीय र लेखा शाखा शाखामा ताल्चा हानदिएका छन् ।
-
यसले सेवाग्राहीको कामकाज प्रभावित भएको छ ।
ताला खोल्ने विषयमा वार्ताकालागि जिल्ला प्रशासन, समन्वय समिती र गाउँपालिकाका कर्मचारी तथा प्रतिनिधिले हालसम्म कुनै चासो नदेखाएको जनता समाजवादी पार्टीका नेता राजकिशोर महतोले बताए ।
सेवाग्राही मार्कामा पर्दा गाउँपालिका उपाध्यक्ष प्रमिला देवी महतोले समेत कुनै भूमिका खेल्न सकेकी छैनन् । अध्यक्ष राउतलाई अबिलम्ब पक्राउ गर्न र हरहिसाब सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ ।
अध्यक्ष राउतलाई फिल्मी शैलीमा अख्तियार र प्रशासनले नै भगाउन सघाएको हुनसक्ने जसपा नेता महतोले आशंका व्यक्त गरे ।
भ्रष्टाचार गर्नुमा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखाका कर्मचारीको समेत उतिकै दोष रहेको उनको आरोप छ । कार्यालय भित्रको काजगाजत र अन्य भ्रष्टाचारको प्रमाण नष्ट गर्नसक्ने भन्दै ताला नखोलेको उनको भनाई छ ।
यस्तै अध्यक्ष राउतलाई पक्राउ र अबिलम्ब हरिहिसाब नदिएको विरोधमा जसपाले आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
आइतवार बसेको जसपाको बैठकले मंगलवार गाउँपालिकाभरी मोटरसाइकल र्याली निकाल्ने र बुधवार विरोध रयली पश्चात कोणसभा आयोजना गर्ने निर्णय भएको जसपा नेता महतोले जानकारी दिए ।
आफुहरुको माग पुरा नभए थप सशक्त आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए । रकम फालेर भागेको हप्ता दिन पुग्न लाग्दा समेत अध्यक्ष राउत अहिलेसम्म पक्राउ पर्न सकेको छैन । सत्ता र शक्तिको आडमा उनलाई अख्तियारले संरक्षण दिएको हुनसक्ने स्थानीयले आरोप लगाउँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !