- पाकिस्तान , फागुन २३ गते आइतबार ।।
- जनप्रभाव न्यूज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली ९एनए०बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन्। उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरे । सभासद्हरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेका हुन् ।
राष्ट्रपतिले बोलाएको संसदको नयाँ अधिबेशनमा प्रधानमन्त्री रहिराख्न खानले आफूलाई प्रधानमन्त्रीमा साधारण बहुमत रहेको पुष्टि गर्नका लागि विदेशमन्त्री साह मोहम्मद कुरेसीद्वारा संसदको तल्लो सदन प्रस्तुत प्रस्ताव अनुमोदन भएसँगै उनलाई थप विश्वासका साथ काम गर्ने प्रोत्साहन मिलेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !