- काठमाडौं , फागुन २१ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी, नेकपा विप्लव समुहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला रिहा भएका छन् । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता भएर ३ बुँदे सहमति भएपछि सो पार्टीका नेता कार्यकर्ता रिहा हुन थालेका हुन् ।
रिहा भएलगत्तै नेता बास्तोलाले कम्युनिस्ट पार्टीहरुबीच एकता हुनसक्ने संकेत गरेका छन् । सरकारमा जानेबारे पनि उनले यसमा छलफल गरिने बताएका छन् ।
संगठित अपराध, आगजनीलगायतका मुद्दामा ११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला पनि शुक्रबार बिहान रिहा भएका छन् ।परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रहरीले सुरक्षासहित उनलाई काठमाडौं पठाएको छ ।
बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए । सर्वदलीय सरकारको कुरा उठेको छ नि भन्ने प्रश्नमा उनले सचिवालय बैठक बसेर यसबारे निर्णय गर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !