- जनकपुरधाम,फागुन २० गते बिहिवार ।।
- जनप्रभाव न्यूज
प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट १५ जना विचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो काम गराइदिने भन्दै सर्वसाधारणसँग मोटो रकम लिने विचौलियाहरूलाई कार्यालयभित्र र बाहिरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यातायात कार्यालयबाट श्याम सुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्रकुमार यादव, अरीफ राइन, भवीद्द्न साह, संजय साह, उमेशकुमार महतो, ध्रमेन्द्रकुमार यादवलगायत १५ विचौलिया पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए । पक्राउ परेकाहररुविरुद्ध अनुसन्धान भइरहेको र दोषी देखिएमा कारबाही गरिने प्रवक्ता मिश्रले बताए । विचौलियाका कारण कार्यालयभित्र भ्रष्टाचार र विकृति मौलाएको कारण काम गराउन समस्या भइरहेको भन्ने सेवाग्राहीबाट गुनासो आएपछि अनुगमनका क्रममा विचौलियालाई पक्राउ गरिएको प्रवक्ता मिश्रले बताए ।
पछिल्लो महिना यातायात कार्यालयबाट एक कार्यालय सहयोगी र एक विचौलियालाई घूस रकमसहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !