- हेटौंडा , फागुन १९ गते बुधबार ।।
- जनप्रभाव न्युज
हेटौंडाको रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ल महिला कर्मचारीमथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । उद्योगमै कार्यरत कर्मचारीलाई हातपात र दुर्व्यवहार गरेको भन्दै पीडितले उजुरी दिएपछि मल्ल पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको पूर्व एसएसपीसमेत रहेका मल्ललाई प्रहरीले सोमबार नै पक्राउ गरेर मंगलबार जिल्ला अदालतबाट थप ७ दिन थुनामा राख्न अनुमति लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सोमेन्द्रसिंह राठौरले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । कर्मचारीमाथि हातपात भएपछि त्यहाँ कार्यरत कर्मचारी र स्थानीय वासिन्दाले हेटौंडाको चुरियामाइस्थित सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !