- झापा, फागुन १९ गते बुधबार ।।
- जनप्रभाव न्यूज
झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ बर्षीय गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७ बर्षीय अनुप तामाङ रहेका छन ।
खत्रीलाई ३ ग्राम खैरोहिरोईन ब्राउनसुगर र तामाङलाई १ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !