-
काठमाडौं ,फागुन १९ गते बुधबार ।।
-
जनप्रभाव न्यूज
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( ओली समूह ) का अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आलोचना र गालीलाई ‘ब्राण्ड’ बनाउन दुर्गा प्रसाईंबाट सिक्नुपर्ने बताएका छन् ।
झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले गाली र आलोचनाबाट हत्होत्साही नभएर त्यसबाट शक्ति आर्जन गरी सकरात्मक कामतर्फ अघि बढ्नुपर्ने बताए । व्यवसायी एवं अस्पतालका सञ्चालक प्रसाईंप्रति मार्सी चामलको विषयलाई लिएर आलोचना गर्दा उनले ‘मार्सी बियर’ नामक ब्राण्ड बनाएको प्रधानमन्त्री ओलीले बताए ।
‘उनलाई आलोचना गर्दा उनले ब्राण्ड बनाइदिनुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘माफिया भनेछन् माफिया ह्विस्की बनाइदिनुभयो, डन भन्नुभयो डन इनर्जी ड्रिङ्क्स बनाइदिनुभयो ।’
प्रधानमन्त्री ओलीले आलोचनाबाट नडराइ, हत्होत्साही नभइ अगाडि बढेकोमा प्रसाईंलाई बधाई तथा शुभकामना दिए । उनले आफ्नो पनि खुट्टा तान्ने काम धेरैले गरिरहेको बताउँदै ‘खुट्टा तान्ने’ पनि एउटा ब्राण्ड बन्ने रैछ भन्दै व्यङ्ग गरे ।

















