-
पोखरा , फागुन १८ गते मंगलवार ।।
-
जनप्रभाव न्यूज
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( ओली समुह ) का अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएपछि सुरक्षा निकायहरु नै अचम्मित भएका छन्। ।
रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले आज पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा आफूमाथि शारीरिक हमला हुनसक्ने वताएका थिए। सेना, प्रहरी, सशस्त्र सबै सुरक्षा निकाय प्रधानमन्त्रीकै मातहत हुन्छन् । तर उनले आफूलाई असुरक्षित मात्र होइन, ज्यानै लिनेसम्मको आक्रमण हुनसक्ने अभिब्यक्ति दिएका छन् ।
प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले चार तहको सुरक्षा घेरा राखिएको छ, जुन उच्च सुरक्षा घेरा हो । उच्च सुरक्षा घेरामा रहने प्रधानमन्त्री ओलीले कसरी असुरक्षित महसुस गरे ? उनीमाथि साँच्चिकै सुरक्षा थ्रेट भएको हो कि जनताको सहानुभूति लिन उनले प्रोपोगान्डाका लागि यस्तो अभिब्यक्ति दिएका हुन् ? अन्यथा उनी कोबाट असुरक्षित छन् ? उनले सुरक्षा ब्यवस्थाप्रति नै विश्वास नगरेका हुन् ?
-
प्रहरीका प्रवक्ता तथा प्रहरी बरिस्ठ उपरीक्षक बसन्त कुँवर भन्छन्–‘राष्ट्रको कार्यकारीको सुरक्षामा कुनै कमी हुने कुरा हुनै सक्दैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !