-
विराटनगर,फागुन १८ गते मंगलवार।।
-
जनप्रभाव न्यूज
प्रदेश १ को विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको न्यायीक सुनुवाई समितिको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक भएको छ ।
कार्कीले खुट्टा टेबलमा राखेको नजिकै उपमेयर इन्दीरा कार्कीको नेमप्लेट र नेपालको राष्ट्रिय झण्डा पनि देख्न सकिन्छ । हेदैं असहज र अस्वभाविक लाग्ने यो तस्बिर हाम्रोमतले फेला पारेको हो ।
स्वास्थ्य महाशाखा संयोजक रहेका कार्की छैटौं तहका अधिकृत हुन् । पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले भने महाशाखा प्रमुखको जिम्मेवारीका लागि आठौं वा नवौं तहका अधिकृतले मात्रै गर्न सक्ने भएकोले उनलाई महाशाखाको संयोजकको रुपमा जिम्मेवारी दिएका थिए ।

महानगरका कर्मचारी स्रोतका अनुसार कार्कीलाई महानगरभित्र एकलौटी काम गर्ने र कसैलाई नटेर्ने कर्मचारीको रुपमा लिइएको छ ।

















