- कञ्चनपुर , फागुन १७ गते सोमबार ।।
- जनप्रभाव न्यूज
कञ्चनपुर प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। कञ्चनपुर बेलौरी नगरपालिका-१ वैशाखीस्थित शाही चोकबाट प्रहरीले तीन जना भारतीयलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत लख्मिपुर खिरी सम्पूर्णानगरका २६ वर्षीय धर्मेन्द्र कुमार, २५ वर्षीय शुभम् भासिन र ३० वर्षीय नितिनकुमार रहेका छन्। युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ९.९ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।



















