- काठमाडौं,फागुन १७ गते सोमबार ।।
- जनप्रभाव न्यूज
वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका प्रतिवादी नवलपरासी देवचुली नगरपालिका-१३ घर भई रिलायवल एच.आर. सोलुसन प्रालिका संचालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाडौं बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बागबजारमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

















