-
काठमाडौं , फागुन १७ गते सोमबार ।।
-
जनप्रभाव न्यूज
पोखरामा आयोजित ओली नेतृत्वको नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री थापाले अविश्वास प्रस्तावलाई फिर्ता गरेर पार्टी एकताको बाटोमा ल्याउन पनि उनले दाहाल–नेपाल पक्षलाई आग्रह गरेका छन् । ‘यो उहाँहरुलाई सच्चिने अन्तिम अवसर हो । तपाईंहरु भदौ २६ गतेको स्थायी कमिटीको निर्णयमा फर्कनुहोस् । आत्मालोचनासहित भदौ २६ गतेको निर्णयमा फर्कनुहोस् र पार्टीलाई एकताबद्ध गर्नुहोस्,’ उनले भने ।
सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अदालतको निर्णय देशको स्थायित्वको पक्षमा नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अदालतको निर्णय देशको स्थायित्वको पक्षमा छैन। तर, पनि हामी सर्वोच्चको निर्णय मान्छौँ।
‘एकपछि स्थायित्वको पक्षमा उभिएको भए पनि अर्को पक्ष फुट र अस्थिरताको पक्षमा उभिराखेका छन्। एकथरी कमरेडहरू फुट र गुटको पक्षमा उभिरहेका छन्’ उनले भने, ‘१९ पेजको आरोपपत्र खडा गरेर पार्टीको प्रथम अध्यक्ष हटाउने लागेपछि समस्या बल्झियो।’
जनताले पार्टी एकताको पक्षमा म्यान्डेट दिएको सुनाए। ‘प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ दिएनन् भने अविश्वासको प्रस्ताव ल्याएर पद कब्जा गर्नुपर्छ भनेर लागेका छन्’ उनले भने, ‘जनताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विकास गर्नका लागि बढाएको हुनाले अबको लडाई संसदमा हुन्छ।’सरकार ढालेर सार्वभौमविरुद्ध लाग्न खोजिरहेका आरोप लगाए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !