- काठमाडौं , फागुन १७ गते सोमबार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिष्ट पार्टी् , नेकपा ( प्रचण्ड–नेपाल समूह ) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले सञ्चारमाध्यम एवं पत्रकारिता सधैँ लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड दिएका छन् ।
नेकपा निकट प्रेस सङ्गठन नेपालका इञ्चार्ज भट्टराईले हेटौँडामा आयोजित सङ्गठनको दोस्रो प्रादेशिक भेलालाई आज सम्बोधन गर्दै सरकारी सञ्चारमाध्यमले पनि आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।

















