- काठमाडौं,फागुन १७ गते सोमबार ।।
- जनप्रभाव न्यूज
गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव बिरु तामाङ ‘सुदीप’ले एक महिना अगाडि नै आफूले स्वकीय सचिवको जिम्मेवारीबाट विदा लिएको बताएका छन्।उनले भने, ‘मैले त्यो जिम्मेवारीबाट एक महिना अगाडि नै विदा लिएको हुँ। आफैंले छोडेको हुँ, हटाएको होइन। उहाँहरुले हटायो भन्नुभयो होला।’
तामाङले युवा संघको एकतामा कुरा नमिलेपछि सचिवालयको जिम्मा लिन्न भन्दै सचिवालयबाट आफै निस्केको बताए। तामाङले एक महिनादेखि गृह मन्त्रालयमा नगएको र हाजिरी पनि नगरेको बताए।
तर, गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको जनाएका छन्। ओली समूहको युवा संघको भेलामा बिरु लगायतले विद्रोह गरेका थिए । आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरु बादलसँग रुष्ट थिए ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएको थियो। त्यसक्रममा बादल ओली समूहतिर लागेका थिए। तर, तामाङले बादलसँग बसेर ओली समूहविरुद्ध भूमिका खेलेको आरोप लगाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !