- काठमाडौं,फागुन १७ गते सोमबार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी , नेकपा (प्रचण्ड-नेपाल समुह)का नेता एवम् पूर्वमन्त्री योगेश भट्टराई सवार गाडीले ठक्कर दिँदा एक साइकल यात्री घाइते भएको छन् ।
आइतबार जनकपुरबाट हेटौडातर्फ आउदै गर्दा रौतहटको चन्द्रनिगाहापुरमा नेता भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडिले ५५ वर्षीय इन्द्रप्रसाद घिमिरेलाई ठक्कर दिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
करिब ७ बजेतिर साईकलमा सवार रहेका घिमिरेलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घिमिरेको स्थानीय अस्पतालमा उपचार असम्भव भएपछि काठमाडौं रेफर गरिएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !