Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

क्रसर उद्योगले केराबारीको आमजुङ्गीमा उठीबासको त्रास

  • मोरङ , फागुन १७ गते सोमबार ।।
  • जनप्रभाव न्यूज

ढुङ्गागिट्टी कारोबारमा लागेका मोरङका जनप्रतिनिधि र क्रसर उद्योगीका कारण बस्ती नै उठीबास हुने अवस्था आएको भन्दै मोरङको केराबारी गाउँपालिका-८ आमजुङ्गीवासी आन्दोलनमा उत्रिएका छन् । तर जथाभावी उत्खनन् रोक्न स्थानीय प्रशासनले कुनै कदम चालेको देखिएको छैन ।

आमजुङ्गीबस्ती भएर खदम खोला बग्छ । खदम मोरङ जिल्लामा सबैभन्दा बढी ढुङ्गागिट्टी उत्खनन हुने खोला पनि हो । बस्तीमा करिब चार सय परिवारको बसोबास छ । बस्तीको सिरानमा (माथिल्लो भाग) महादेव मिनरल इन्ड्रष्टिज र शिवम् क्रसर उद्योगमा सञ्चालनमा छन् ।

दुई उद्योगले मनलाग्दी उत्खनन गरेपछि स्थानीय केही दिनयता आन्दोलनमा उत्रिएका हुन् । शनिबार महादेव मिनरल इन्ड्रस्टिजको कार्यालयमा तोडफोड गरेका स्थानीय आइतबार बिहान गाउँपालिका अध्यक्ष रोहित कार्कीलाई भेट्न गाउँपालिकाको कार्यालय पुगे । नाराबाजीसहित पुगेका स्थानीयलाई प्रहरीले गेटमा रोक्यो । गाउँलेले अध्यक्षलाई छलफलका लागि बाहिर बोलाए । तर क्रसर उद्योग सञ्चालकसमेत रहेका कार्कीले स्थानीयलाई भेट्न मानेनन् । आफ्ना समस्या सुनाउन खोज्दा जनप्रतिनिधिले नमानेपछि आक्रोशित समूहले तोडफोडको प्रयास गर्‍यो ।

अध्यक्ष आफैं क्रसर उद्योगी रहेकाले आफ्नो माग सुनुवाइ गर्न चासो नदिएको स्थानीयको आरोप छ । अध्यक्ष कार्की कृष्ण क्रसिङ उद्योगका संस्थापक हुन् । महादेव मिनरल इन्ड्रष्टिजमा गाउँपालिका अध्यक्ष कार्की र ढुङ्गागिट्टी कारोबारी भीम पौडेललगायतको लगानी रहेको स्थानीयवासीको दाबी छ ।
दुई उद्योगले आफ्नो क्षेत्रमा पर्ने खदम खोलाभित्र उत्खनन गरिसकेका छन् । खोला धारमा १५ फिटभन्दा गहिरो खाल्डो छ । खोला बाहिरको निजी जग्गामा पनि १० फिटभन्दा गहिरो खनेर उत्खनन भएको स्थानीय जीतबहादुर बस्नेतले बताए । खोलाधार भन्दा गहिरो हुनेगरी निजी जग्गामा उत्खनन गरेपछि बर्खामा बाढीले गाउँ बगाउने जोखिम भएकाले आन्दोलन गर्नुपरेको उनले बताए ।
बस्ती बगाउने गरी उत्खनन सुरु भएपछि स्थानीयले केही दिनयता प्रदर्शन गरिरहेको उनले बताए । पटक-पटक उद्योग सञ्चालकलाई आग्रह गर्दा नमानेका कारण शनिबारयता प्रदर्शन गर्नुपरेको उनले बताए ।
‘निजी जग्गामा भन्दै मनोमानी रुपमा उत्खनन गर्दा गाउँ नै बगाएर लैजाने जोखिम हुन्छ,’ स्थानीय गोपाल खड्काले भने, ‘सबै सरकारी संयन्त्र ठेकदारको पछि लागेका छन् ।हाम्रो समस्या सुनिदिने निकाय छैन ।’ गाउँपालिका अध्यक्षलाई अनाधिकृत उत्खननको स्थलगत अध्ययन गर्न आऊ भन्दा नआएको उनले बताए ।गाउँपालिका घेराउ गर्न आएका स्थानीयवासी ।
स्थानीयको आन्दोलन यो पहिलो भने होइन । गत वर्ष पनि मनोमानी रुपमा उत्खनन भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए । ढुङ्गागिट्टी कारोबारी भीम पौडेलको प्रवेशले बस्ती नै उठिबास हुने जोखिममा रहेको स्थानीयको दाबी छ ।
सुनसरी-मोरङमा चलेका ढुङ्गागिटी कारोबारी पौडेलले महादेव मिनरल इन्ड्रष्ट्रिज सञ्चालन गर्छन् । दुई वर्षअघि केराबारी प्रवेश गरेका पौडेलका कारण आमजुङ्गीका स्थानीय विस्थापित हुनुपर्ने अवस्था रहेको स्थानीयले बताए ।
‘हामीले अनाधिकृत रुपमा उत्खनन नगर्नुहोस् भनेर पटक-पटक आग्रह गर्याैं,’ स्थानीय जीतबहादुर बस्नेतले भने, ‘तर उद्योग सञ्चालक भीम पौडेलले मानेनन्, गाउँलाई जोखिम पार्नेगरी उत्खनन गरिरहे ।’
भीम पौडेल भन्छन्- मिलाएर लेखिदिनु ल !
ढुङ्गागिट्टी कारोबारी भीम पौडेल भने आफ्नो उद्योगले ढुङ्गागिट्टी उत्खनन गर्दा बस्ती जोखिममा नपर्ने दाबी गर्छन् । आफ्नो निजी जमिनमा रहेको ढुङ्गागिट्टी उत्खनन गरेको बताउँदै उनले खोलाबाट आफूखुसी ढुङ्गागिट्टी निकाल्न नपाएकाहरुको अगुवाइमा प्रदर्शन भएको दाबी गरे । ‘हामीले निजी जग्गामा रहेको ढुङ्गा गिट्टी निकालेर क्रसरको माटो हालेर खेती गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘कुरा यिनै हुन् । समाचार मिलाएर लेखिदिनु ल ।’ पौडेलले चिसाङ खोलामा पनि क्रसर उद्योग सञ्चालन गरेका छन् । केराबारीमा जस्तै लेटाङमा पनि स्थानीय असन्तुष्ट छन् ।
केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेलका अनुसार खदम खोलामा आमजुङ्गी बस्ती आसपास तीनवटा क्रसर उद्योग छन् । तीमध्ये माथिल्लो भागमा रहेको शिवम् क्रसर र महादेव मिनरल इन्ड्रष्ट्रिजको उत्खननका कारण बस्ती जोखिममा छ ।
नियम नमिच्न आग्रह गर्दा व्यावसायीले अटेर गर्ने गरेको उनेको गुनासो छ । निजी जग्गामा उत्खनन गर्दा प्रकृया पूरा गर्नुपर्ने भए पनि सञ्चालकले गाउँ नै जोखिममा पर्नेगरी मनपरी रुपमा उत्खनन गरेको गुनासो आएको उनले बताइन् ।
क्रसर व्यावसायीसँग प्रशासनको पनि मिलेमतो जस्तो देखिएको उनको भनाइ छ । ‘व्यावसायीको ज्याजती बल्झिरहन्छ, हामीले नगर्नुहोस् भनिरहेका छौं,’ उनले भनिन्, ‘केराबारीमा ढुङ्गा गिट्टी उत्खननले ठूलो समस्या निम्त्याएको छ ।’
गाउँपालिका अध्यक्ष रोहित कार्की भने सञ्चारकर्मीलाई प्रतिक्रिया दिन पन्छिरहेका छन् । आइतबार कार्यालयमा पुगेका पत्रकारसँग उनले आन्दोलन चलिरहेकाले केही नबोल्ने बताए ।हरि अधिकारी

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh