Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुरुङमार्गको जग्गा विवाद

  • काठमाडौं,फागुन १७ गते सोमबार ।।
  • जनप्रभाव न्यूज

नागढुंगा–नौंबिसे सुरुङमार्ग निर्माणमा जग्गा अधिग्रहणको विवाद देखिएको छ । कुल २२ अर्ब रुपैयाँ लागतमा ४२ महिना भित्र सम्पन्न गर्ने गरी अघि बढेको उक्त सुरुङमार्गको नौबिसे (धादिङ) तर्फको करिब ५ रोपनी जग्गा अधिग्रहणमा समस्या देखिएको हो । पृथ्वी राजमार्ग अन्तरगतको नागढुंगा–नौबिसे सडक खण्डमा पर्ने सरकारी जग्गासमेत व्यक्तिले दावी गरेपछि अहिले उक्त क्षेत्र विवादित बनेको छ । बिना पुर्जाका करिब ४–५ रोपनी जग्गा आयोजनाले चर्चेको क्षेत्रभित्र परेको र सो जग्गाको समेत मुआब्जा माग भएपछि अहिले आयोजनामा समस्या आएको छ ।

निर्माणाधीन सुरुङमार्गको पश्चिम पोर्टल (धादिङ)तर्फ जग्गामा विवाद देखिएपछि समस्या भएको हो। त्रिभुवन राजपथको नाममा हुनुपर्ने जग्गामा व्यक्तिले धनीपुर्जासहित दाबी गरेका छन्। व्यक्तिको दाबीलाई आयोजनाले स्वीकार गरिसकेको छैन। नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण क्षेत्रभित्र पर्ने करिब ६ सय ४३ रोपनी जग्गाको अधिग्रहणको करिब अन्तिम अन्तिम चरणमा छ । झण्डै ८० प्रतिशत जग्गा अधिग्रहण भइसकेको छ । अब करिब करिब २० प्रतिशत जति मात्र हो ।

यसमा ४–५ रोपनीमा भने केही समस्या देखिएको छ । उक्त विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ। सरकारी भनिएका जग्गा कसरी व्यक्तिका नाममा पुगेका हुन् भन्नेबारे आयोगले अनुसन्धान थालेको छ।त्यसो त आयोजनाले जग्गा अधिग्रहण बापत मात्र साढे ५ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । विवादित सरकारी जग्गा भनिएको नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्गत पर्ने ४–५ रोपनी जग्गा व्यक्ति व्यक्तिले भोगचलन गर्दै आइरहेका छन् । तर, उक्त जग्गाको केहीको जग्गा धनी प्रमाणपत्र भएको र केहीको नभएको पाइएको छ ।

प्रारम्भिक जग्गाको स्वामित्वको स्रेस्ता हेर्दा निजी–सरकारी–निजी को अवस्थामा देखिएको छ । पहिले व्यक्तिको स्वामित्वमा रहेको र पछि सरकारीमा गइ पुनः सरकारीबाट व्यक्तिको स्वामित्वमा गएको देखिन्छ । यो घटना अहिले निकै रहस्यमय बनेको छ । हाल उक्त विवादित जग्गा अख्तियारले रोक्का गरेको छ ।

सुरुङमार्गबाट ५ सय मिटर तलतिर करिब सडकसहित ४० रोपनीमा सर्भिसिङ सेन्टर बनाउन लागिएको छ। अधिग्रहणका क्रममा सोही ठाउँमा करिब ६ वटा कित्तामा विवाद देखिएको हो। सुरुङमार्गको सिमांकनमा पर्ने जग्गामा विवाद भएपछि आयोजनाको काममा नै असर पर्न थालेको छ।अहिले उक्त स्थानमा निर्माण सामाग्री र मेसिन(उपकरण राखिएका छन्। ’विस्फोटक पदार्थलगायतका सामान राख्न समस्या भएको छ। जग्गा विवादका कारण वरिपरिबाट घेर्न सकिएको छैन ।

स्थानीयले जग्गाधनी बनेर दाबी थालेपछि काम गर्न गाह्रो परेको छ । जापानी कम्पनी हाज्मा(आन्दोले काम गरिरहेको छ । तर धनीपुर्जा देखाएर दाबी परेपछि भने आयोजनालाई अप्ठ्यारो परेको छ। विवाद देखिएको जग्गामा एउटा पक्की र चारवटा टहरासहितका संरचना छन्। जग्गा विवादका कारण आयोजनाले त्यसलाई हटाउन सकेको छैन। संरचनाका लागि ५० प्रतिशत मुआब्जा भने वितरण भइसकेको छ।

पृथ्वीराजमार्ग २०१३ सालमा निर्माण सुरू भएको हो। २०२१ सालमा राजमार्गको मापदण्ड २५ मिटर तोकिएको थियो। सडकको मध्यभागबाट १२.५र१२.५ मिटर राजमार्गमा पर्दछ। सडक बन्दा जग्गाको मुआब्जा दिने चलन थिएन। सडक बनाउने ठाउँमा जग्गा परेकाहरूलाई अन्यत्र दिएर आयोजना अघि बढाउने गरिएको थियो। २०३४ सालमा जग्गा अधिग्रहण सम्बन्धी नयाँ ऐन बनेको र उक्त ऐनले लगत कट्टा नभएको भए पनि व्यक्तिको नाममै भएको देखिए पनि सरकारी हुनेछ भनेर व्याख्या गरिएको छ।

२०४८ सालमा पुनः राजमार्गको सिमांकन २५ मिटर नै कायम भएको छ। २०३७ सालमा मोड सुधार क्रममा सडकको एलाइन्टमेन्ट परिवर्तन हुँदा सडक अन्यत्रतिरबाट गएको र खाली जग्गा स्थानीयले भोगचलन गरेको भेटिएको छ।

२०५७ सालमा जग्गा स्थानीयको नाममा गएको देखिन्छ। स्थानीयले भने सडक विभागले अन्तको जग्गा लिएर त्यहाँको जग्गा दिएको दाबी गरेका छन्। विवादित ६ कित्तामध्ये एउटा कित्ताको लालपुर्जा भेटिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । निर्माण सकेपछि यसको संचालनको जिम्मा धुनिबेंसी नगरपालिकालाई दिने सडक विभागको योजना छ।निर्माणपछि मेन्टेन गरेर राख्नेगरी नगरपालिकालाई नै दिने सोच बनाइएको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। कुल २२ अर्ब रुपैयाँमा ४२ महिना भित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको हो ।

जापान सकारको करिब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्ने सो आयोजनाका लागि नेपाल सरकार र ठेकेदार कम्पनी बीच गत नोबेम्बर १४, २०१९ मा निर्माण सम्झौता भएको थियो । कुल २.६८८ किलोमिटर लम्बाई, ९.५ मिटर चौडाई र १८ मिटर उचाई रहने आयोजना निर्माण सुरू भएको ४२ महिना भित्र सुरुङमार्गको सम्पूर्ण काम सकेर नेपाल सरकारलाई सुरुङ हस्तान्तरण गर्नु पर्ने सहमति भएको थियो । नेपालकै पहिलो सो सुरुङमार्ग बनेपछि नौबिसे–थानकोटको झण्डै ८ किलोमिटर लम्बाई छोटिने छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh