- काठमाडौं,फागुन १६ गते आइतबार ।।
- जनप्रभाव न्यूज
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलविरूद्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दुई उजुरी दर्ता भएको छ। अख्तियारका अनुसार कार्यकारी निर्देशक पौडेलविरूद्ध परेको उजुरीको दर्ता नम्बर ०२४५८२ र अ ( ०२४७२५ हो।
उजुरीमा कार्यकारी निर्देशक पौडेलले निगममा अरबौँ अनियमितता गरेको, डिपो प्रमुखहरूसँग मासिक पाँच लाख रूपैयाँ असुल्ने गरेको, इन्धन माफियाहरूसँगको सेटिगँमा ब्रम्हलुट मच्याएको, कार्यकारी निर्देशक बन्न तत्कालीन एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई ८ करोड रूपैयाँ बुझाएको जस्ता आरोप लगाइएको छ। महाप्रवन्धक सुरेन्द्र पौडेलले डिपो प्रमुखहरुसँग मासिक २ देखि ५ लाख रुपैयाँसम्म असुली गर्ने गरेको रहस्य खुलेको छ।
महाप्रवन्धक पौडेलले अरबौँ रुपैया अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा उनले डिपो प्रमुखसँग मासिक असुली गर्ने गरेको उल्लेख गरिएको छ। उजुरीमा भनिएको छ, ‘महाप्रवन्धक पौडेलले सेटिङ गरेर डिपो प्रमुखहरु सरुवा गर्ने गरेको र मासिक रुपमा पैसा असुल गर्ने गरेका छन्।’११ वटा पेट्रोल र ८ वटा हवाई ईन्धन गरि नेपाल आयल निगमको देशभर १९ डिपो छ।अमलेखगञ्ज र थानकोट डिपो मालदार डिपो मानिन्छन्।
अमलेखगञ्ज डिपोमा भरत रेग्मी र थानकोट डिपोमा प्रदिप यादव प्रमुख छन्। यी दुवै डिपो प्रमुखले महाप्रवन्धक पौडेललाई मासिक ५ लाख रुपैयाँ बुझाउँदै आएको स्रोतको दाबी छ। अन्य डिपो प्रमुखले पौडेललाई मासिक ३ लाख रुपैयाँसम्म बुझाउँदै आएको निगम स्रोत बताउँछ। चार्टर्ड अकाउन्टेन्ट समेत रहेका महाप्रवन्धक पौडेलले बाहिर आफू स्वच्छ भएको भ्रम छरेर डिपो प्रमुखसँग मासिक रुपमा असुली गरिरहेका छन्।अख्तियारमा पौडेलबिरूद् परेको उजुरीको दर्ता नम्बर ऋ ०२४७२५ हो।उजुरीमा भनिएको छ– पौडेल आयल निगममा नियुक्त हुने बेलामा उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका तत्कालिन एनेकपा (माओवादी) को भागमा परेको थियो।
उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादव थिए। पौडेल उदयपुर सिमेन्ट उद्योगमा रहेका थिए। पौडेल आयल निगमको कार्यकारी निर्देेशकको प्रतिस्पर्धामा सहभागी भएका थिए।प्रतिस्पर्धामा सहभागीमध्ये पौडेलसहित ३ जनाले लिखितमा नाम निकालेका थिए। ‘प्रचण्डसँग ८ करोडमा पौडेलको ‘डिल’ फाइनल भएको थियो,’ उजुरीमा अगाडी भनिएको छ, ‘प्रचण्डलाई पौडेलले ८ करोड बुझाएपछि तत्कालिन आपूर्तिमन्त्री यादवले प्रचण्डकै निर्देशनमा मन्त्रीपरिषद् बैठकमा आयल निगमको कार्यकारी निर्देशकमा पौडेलको नाम सिफारिस गरेका थिए।’
महाप्रवन्धक पौडेलले अरबौँ रुपैया अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा उनले डिपो प्रमुखसँग मासिक असुली गर्ने गरेको उल्लेख गरिएको छ।उजुरीमा भनिएको छ, ‘महाप्रवन्धक पौडेलले सेटिङ गरेर डिपो प्रमुखहरु सरुवा गर्ने गरेको र मासिक रुपमा पैसा असुल गर्ने गरेका छन्।’ पूर्व महाप्रबन्धक गोपाल खड्का भ्रष्टाचारको आरोपमा मुछिएपछि २०७५ साल पुसमा मन्त्रीपरिषद्ले पौडेललाई महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

















