- सप्तरी,फागुन १५ गते सनिवार ।।
- जनप्रभाव न्यूज
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डिआइजी ) चन्द्र प्रकाश गौतमले घुमुवा निषेध नीति अबलम्वन गरेपनि मातहतका युनिटका प्रमुखहरूले भने डिआइजीको नीति लत्याउदै घुमुवा राखेर तस्करी गराउदै आएका छन् । सप्तरीमा यसरी घुमुवा राखेर तस्करी गराउदै तस्कर र व्यापारीहरूबाट रकम असुल्ने काम भैरहेको छ। सप्तरीको तिलाठी स्थित बिओपीका प्रहरी निरीक्षकले सहायक हवल्दार खगेन्द्र झालाई घुमुवा राखेर तस्करी गराई रहेका छन् ।
घुमुवा हवल्दार झाको सेटिङमा सो नाकाबाट छोटु साह , ओम साह, नवीन मण्डल , बलराम गुप्ता , विश्व महत्तो , अरूण यादव , बम बम झा, सोनिया भन्ने महिलाले तस्करीको लाइन पाएका छन् । यी व्यापारीहरूले नेपाल र भारत दुवै तर्फबाट ठूलो तस्करीको धन्दा चलाई रहेका छन् ।
त्यसैगरी बिओपी छिन्नामस्ताका प्रहरी निरीक्षक र उनले राखेका घुमुवा सशस्त्र प्रहरी जवान तेजु यादवले केही व्यापारीहरूलाई तस्करीको लाइन दिएर मोटो रकम लिइरहेका छन् । रकम दिएर सशस्त्र प्रहरीबाट तस्करीको लाइन पाउनेहरूमा रतो पण्डित , राम सिहं अशोक यादव , सदरूल अलि , फ्लाइट यादव समेत छन् । यस्तै गरि बिओपी बन्नी सप्तरी मा पनि सशस्त्र प्रहरीको संरक्षणमा ठूलो तस्करी भैरहेको छ। बिओपीका निरीक्षकले आफुले राखेका घुमुवा सशस्त्र प्रहरी जवान रितेश यादव मार्फत केही व्यापारीलाई मोटो रकम लिएर तस्करीको लाइन दिएका छन् ।
तस्करीको लाइन पाउनेमा घुमुवा प्रहरी जवान रितेशका ससुरा अशोक यादव पनि मुख्य छन् । अशोक बाहेक तस्करीको लाइन पाउनेमा फकुर सिंह , शिवशंकर सिंह , दिपक सिंह , बैजु साह, कपलेश्वर साह समेतमा छन् । यी घुमुवाहरूले तस्कर देखि व्यापारीबाट उठाएको रकम निरीक्षक मार्फत गणपति र बाहिनीमा समेत पुग्ने गरेको घुमुवाहरूले बताउदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !