- काठमाडौं,फागुन १५ गते सनिवार ।।
- जनप्रभाव न्यूज
सिरहाको भन्सार गेटबाट अवैध औषधिसहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले चेकजाँचका क्रममा ५० हजार रुपैयाँ बराबरको अवैध औषधिसहित धनुषाको धुनषाधाम नगरपालिका–९ धारापानीका ४२ वर्षीय अब्जल मन्सुरलाई शुक्रबार पक्राउ गरेको हो ।
नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले प्रदेश २–०२ ०११ प ४६४९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला मन्सुरको साथमा औषधि फेला परेको जनाइएको छ । सशस्त्र प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !