- काठमाडौं,फागुन १३ गते बिहिवार ।।
- जनप्रभाव न्यूज
विवादित उपसचिव भरत गौतमलाई भूमिब्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले जग्गा प्रशासनको जिम्मेवारी दिएको छ । मन्त्रालयको जग्गा प्रशासन शाखाको प्रमुखमा उनलाई केही दिनअघिमात्र ल्याइएको हो । उनी भूमिब्यवस्थापन तथा अभिलेख विभागको जग्गा प्रशासन शाखाबाट मन्त्रालयको जग्गा प्रशासन शाखामा सरुवा भएका हुन् ।
उनी लामो समयदेखि भूमिब्यवस्थापन विभागमा कार्यरत छन् ।विभागमा बसेर काठमाडौं उपत्यकाभित्रका जति पनि विवादित जग्गाका फाइल छन्, ती सबै उनैले सेन्टर कलेक्सन गरी मिलाउने गरेका थिए । विभागबाट उनी मन्त्रालयमा गएका छन् । भूमिब्यवस्था मन्त्री शिवमाया तुम्वाहाङ्फेलाई गुमराहमा राखी सचिव टेकनारायण पाण्डेले गौतमलाई मन्त्रालयमा लगेका छन् ।
