अब फेरि देशमा पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढ्याे : पूर्वप्रधानमन्त्री डा. भट्टभाई


  • नयाँदिल्ली , फागुन १३ गते बिहिवार ।।
  • जनप्रभाव न्यूज


जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टभाईले सुप्रिम कोर्टपछि अबको राजनीति दल वा नेताको कोर्टमा पुगेको बताउनु भएको छ । बिहीबार सामाजिक सञ्जाल मार्फता भट्टभाईले अब फेरि देशमा पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराइरहनु भएका भट्टराइ लेख्नुहुन्छ, ‘सुप्रिम कोर्टपछि राजनीति पुन: दल/नेताको कोर्टमा पुगेकोछ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ ।’

उहाँले टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्ने पनि बताउनुभएको छ । देशको आवश्यकता र जनताको चाहना अब दल तथा नेताहरुले पाठ सिक्नुपर्ने रहेको भन्दै जनचाहना दल तथा नेताहरुले नयॉ राष्ट्रिय सहमति गरून् भन्ने रहेको भट्टराइले बताउनुभयो ।

‘टाउको गन्ती,ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ । देशको आवश्यकता र जनताको चाहना दलरनेताले पाठ सिकून्सनयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है ! चेतना भया !’ उहाँले लेख्नुभएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ ।