- जनकपुरधाम, फागुन १३ गते बिहिवार ।।
- जनप्रभाव न्यूज
धनुषाको केही नाकाबाट अहिले तस्करी शुरू भएको छ। भर्खरै सरूवा भएर आएका एसपी प्रकाश रानाभाटले चोरी तस्करी नियन्त्रण गर्छु भनेपनि धनुषाका केही नाकाबाट भने खुलेयाम तस्करी चलिरहेको छ। अहिले सबैभन्दा बढी तस्करी प्रहरी चौकी सिंगहीइमडानको क्षेत्रबाट भइरहेको छ। यो चौकीको नजिकैको बोर्डर भनेको जयनगर हो ।
प्रहरी चौकीका असई तिलकबहादुर कार्कीले तस्करी गराउने , तस्कर र व्यापारीहरूबाट रकम उठाउने सम्पूर्ण जिम्मेवारी प्रहरी हवल्दार राम स्वरूप यादव र जवानहरू बिशेश्वर यादव र मनोज यादवलाई दिएका छन् । स्थानीय व्यापारीहरूका अनुसार यी तिनैजना प्रहरीले जिल्लामा एसपी , सुवेदार मेजर , प्रशासनको सई समेतलाई मासिक रकम बुझाउनुपर्ने भन्दै तस्कर देखि व्यापारीहरूबाट रकम उठाउने गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !