- काठमाडौं,फागुन १२ गते बुधबार ।।
- जनप्रभाव न्यून
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको फागुन ११ गते समुद्घाटन गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको समुद्घाटन गर्नुकासाथै पर्सा जिल्लाको सीमावर्ती ईलाकामा अवस्थित अन्य सशस्त्र प्रहरी बल, नेपालका बोर्डर आउट पोष्ट तथा सुरक्षा वेश र पकाह मैनापुरमा निर्माणधिन अवस्थामा रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भवनको समेत निरीक्षण गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा अहोरात्र परिचालित भई सीमा सुरक्षा, नागरिकको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा खटिएर व्यावसायिक कार्यसम्पादन गरिरहेको बताउनुभयो ।
उहाँले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप, चोरीतस्करी नियन्त्रण तथा सीमा अपराधन नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपालको अहम भूमिका रहने चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा खटिदा अन्य सुम्बद्ध अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्दै अनुशासित एवं इमान्दारितापूर्वक जिम्मेवारी निर्वाहमा कृायशिल रहन निर्देशन दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !