- काठमाडौं,फागुन १२ गते बुधबार ।।
- जनप्रभाव न्यूज
प्रतिनिधि सभा विघटनपछि तटस्थ बसेका नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। प्रतिनिधि सभा पुनःस्थापना भएको दिनलाई ऐतिहासिक बताउँदै उनले ओलीलाई यस्तो सुझाव दिएका हुन्।
सर्वोच्चको फैसलालले निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको उनले बताएका छन्। तीनबुँदे विज्ञप्ति जारी गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन्।

















