-
काठमाडाैँ,फागुन ११ गते मंगलवार ।।
-
जनप्रभाव न्यूज
स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली पुग्नु भएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ ।
डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना हुनुभएको हो । उहाँका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !