- सिरहा,फागुन ११ गते मंगलवार ।।
- जनप्रभाव न्यूज
प्रदेश २ का प्रदेशसभा सदस्य दिलिप कुमार साहले आममाफी पाएका छन् । बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले एकदिन पनि कैद भुक्तान नगरी आममाफी पाएका हुन् । उनी सत्तारुढ दल नेकपाको तर्फबाट सिराहा–४ (क) का सांसद हुन् ।
श्रीमती संगीतादेवी यादवले दिएको मुद्दामा उनलाई जिल्ला अदालत धनुषाले एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
-
उच्च अदालतले समेत फैसला सदर गरेको थियो ।
३ जेठ ०७२ मै उनलाई अदालतले दोषी ठहर गरेकोमा हालसम्म उनी एक दिन पनि जेल बसेका छैनन्, बरु राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !