-
काठमाडौं ,फागुन ११ गते मंगलवार ।।
-
जनप्रभाव न्यूज
ओली सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरे पनि घोषित मितिमै हुनेमा संशय छ । यस्तो संशय पैदा हुनुको दुई कारण छन् । पहिलो, प्रतिनिधिसभा विघटनबारेको फैसला अझै आएको छैन । अर्को, नेकपाको आधिकारिकता विवाद पनि जहाँको तहीँ छ ।
सर्वोच्च अदालतले विघटन गरेको अवस्थामा निर्वाचनको औचित्य समाप्त हुने र आधिकारिकता विवादले चुनाव भइहाले पनि भाग लिन समस्या पर्ने भएको यो स्वभाविक पनि छ । विद्यमान यी दुई अवस्थाले घोषित मितिको निर्वाचन तयारीमा ठ्याम्मै अप्ठ्यारो अवस्था आए पनि यसलाई पन्छाएर निर्वाचन आयोग तयारीमा जुटेको छ ।
आयोगले चुनावका लागि आवश्यक सामग्री फास्ट ट्रयाकबाट खरीदका लागि बोलपत्र आह्वान गरेको छ । मंगलबार एक सूचना जारी गर्दै आयोगले ११ किसिमका निर्वाचन सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको हो ।
बोलपत्रमार्फत खरीद गर्न लागिएका सामग्रीमा मतपेटिका स्टिकर, परिचयपत्र, सुरक्षण सिल र रवर म्इाट, स्वस्तिक छाप (रबर र पित्तल), नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लाष्टिक थैलो र बोरालगायत छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !