- सिरहा,फागुन १० गते सोमबार ।।
- जनप्रभाव न्यूज
बालक अपहरणमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले आफ्नै काबासहित दुईजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा आज पत्रकार सम्मेलनगरीे सिरहा नपा १ डुम्वाखत्ताका प्रदिप यादवको २ वर्षिय छोरा प्रियान्सु यादव अपहरणमा संलगन रहेको अभियोगमा प्रहरीले काका नाता पर्ने कुलदिप यादव र सिरहा नपा १५ सुखचैनाका २३ वर्षिय भरोसी यादवलाई नियन्त्रयामा लिई सार्वजनिक गरेको होे ।

अनुसन्धानको क्रममा प्रियान्सुको काका कुलदिप यादवकै योजनामा बालक अपहरण भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सुदिपराज भण्डारीले जानकारी दिए । कल ट्रेशिङ र अन्य अनुसन्धानको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

भारतीय कन्सुलर पार्टससँग समन्वय गरी भारत विहार प्रदेशको मधुवनी जिल्ला खाजेडीबाट माघ २० माघमा अपहरणमा परेका बालकको २३ गते उद्धार गरी आमा संजिता यादवको जिम्मा लगाएको थियो ।
पक्राउ परेका उनीहरुलाई हिजो आइतबारै जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरिर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरीएको छ । अपहरणबारे अन्य अनुसन्धान कार्य भईरहेको एसपी भण्डारीले बताए ।


















