Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेम्वाङको परिवारवाद – मन्त्री, सांसददेखि नियुक्तिमा एकछत्र राज

  • काठमाडौं ,फागुन १० गते सोमबार ।।

  • जनप्रभाव न्यूज

नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( ओली समुहका ) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहका नेताहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई परिवारलाई लाभका पद बाँडेको भन्ने गरेका छन् । ओली समूह निकट नेताहरु प्रचण्डका परिवारका सदस्यको तस्वीरसहित बदनाम गर्न तल्लीन छन् । नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालका परिवारका सदस्यले योग्यता र क्षमताका आधारमा जागिर खाएको बिषयलाई समेत ओलीको साइबर समूहले अतिरन्जित गर्दैआएको छ ।

प्रचण्ड त परिवारसहित १० बर्षे जनयुद्धमा होमिएका थिए । उनका परिवारका प्रत्येक सदस्यको गणतन्त्र ल्याउन योगदान छ । विनापूर्वाग्रह भन्नुपर्दा गणतन्त्र प्राप्तीका लागि प्रचण्डका परिवारका सदस्यहरु बन्दुक बोकेर राज्यसत्ता बिरुद्ध लडेको कुरामा कसैको दुईमत हुन सक्दैन ।

गणतन्त्रप्राप्तीका लागि प्रचण्डका छोराछोरी बन्दुक बोकेर हिंड्दा र रामकुमारी झाँक्रीहरु सडक संघर्षमा हुँदा केपी ओली मार्काहरु बालकोटको घरको छतमा घाम तापेर बदाम खाँदै ‘दुई चार जना ठेउकाहरु सडकमा निस्कदैमा गणतन्त्र आउँदैन’ भन्दै खिसीट्युरी गर्दै गरेको कसैले पनि बिर्सेका छैनन् ।

नेपालमा गणतन्त्र आउनु र अमेरिकामा बयलगाढा चढेर जानु एकै हो भन्ने अभिब्यक्ति त झन् सबैका मानसपटलमा ताजै छ । प्रचण्डका परिवारका सदस्य जनयुद्धमा जनता सरह नै ज्यान हत्केलामा राखेर, झाँक्रीहरुले टाउको फुटालेर ल्याएको गणतन्त्रको फल बिद्या भण्डारी र ओलीहरुले खान पाएका छन् । एउटाको योगदानमा अर्कैको रजाई चलेको छ । ओलीका छोराछोरी नभएकै कारण उनले ससुराली खलकका ज्ञानेन्द्र शाक्य, सानुराज शाक्य, अन्जान शाक्य, अजयक्रान्ति शाक्यहरुलाई लाभका पदमा बिराजमान गराएका छन् ।

आफ्ना सन्तान भएका भए उनले प्रचण्डले भन्दा बढी प्राथमिकता परिवारलाई दिने रहेछन् भन्ने शाक्यहरुको भाग्योदयले पुष्टि गरेकै छन् । ओलीको इर्दगिर्द रहेका राजन भट्टराईले साढुदेखि सासुसम्मलाई राजकीय पद दिलाएकै छन् । ओलीका उत्तराधिकारीको रुपमा लिइने शंकर पोखरेलको परिवारवादको चर्चा भई नै सकेको छ । एवं रितले परिवारवाद र गुटवादको पंजाले ओली समूह जकडिएको छ ।

यहाँ उठाउन खोजिएको परिवारवाद ओलीले संविधानबिरुद्ध गरेको प्रतिनिधिसभा बिघटनलाई विवेक बन्धकी राखी सदर हुनुपर्छ भन्ने सुवासचन्द्र नेम्वाङ(सूचने)को हो । २०४६ को आन्दोलनमा कुनै योगदान नभए पनि २०५१ को मनमोहन अधिकारीको सरकारमा टपक्क टिपेर कानुन राज्यमन्त्री बनाइएका सुवासचन्द्र नेम्वाङ(सूचने)को परिवारवादलाई लिन सकिन्छ । त्यतिबेला राज्यमन्त्री न्यायपरिषद बैठकमा सहभागी हुन नपाउने भएपछि तुरुन्तै फुलमन्त्री बनाइएको थियो ।

जेलनेल भोगेकाहरुले अवसर पाएनन्, तर पायोनियर ल फर्मबाट धन कमाउन तल्लीन रहेका नेम्वाङलाई मन्त्री बनाउने माधव नेपाल नै थिए । तिनै नेम्वाङको परिवारवादको बारेमा यहाँ चर्चा गर्न खोजिएको हो । नेम्वाङको परिवारभित्रैबाट ८ जनाभन्दा बढीले कसरी अवसर पाए र पाइरहेका छन् ? नेम्वाङको परिवारका २ सदस्य त संघीय सरकारमा मन्त्री नै छन् । नेम्वाङकी कान्छी सानिमा शिवमाया तुम्बाहाङ्फे भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् ।

उनी यसअघि कानुन मन्त्री र उपसभामुख थिइन् ।
नेम्वाङका कान्छा मामा बिजय सुब्बा पटक–पटक सांसद भए । उनी अशोक राईहरुको संघीय समाजवादी पार्टीबाट एमालेमा आउनासाथ सांसद पाउने भाग्यमानी हुन् । जनजाति नेताहरुलाई भड्काएर पार्टी विभाजन गरी जाने सुब्बाले मात्र फर्किनासाथ अवसर पाएका हुन् । उनले एमालेलाई बाहुन क्षेत्रीको पार्टी भनेर धारेहात लाउँदै अशोक राईसँग गए, नेम्वाङको मामा भएकाले फर्किनासाथ समानुपातिक सांसदको अवसर पाए । एमालेमा रहेका र योगदान भएका जनजाति नेताहरुको भाग खोसेर अप्ठेरामा पार्टी छाडेर गएका सुब्बालाई दिइयो ।

सुवास नेम्वाङले आजीवन सीपी मैनालीको माले पार्टीमा आवद्ध भाइ अइन्द्रसुन्दर नेम्वाङलाई एमालेसँग एकता गराउने भनी ल्याएर समानुपातिक सांसद बनाए । अइन्द्रसुन्दरलाई सीपीको पार्टीमा सांसद हुने अवस्था हुन्जेल त्यतै राखे । त्यो पार्टी २०७४ मा थ्रेसहोल्डका कारण संसदमा आउन नसक्ने देखेपछि चुनावअघि भाइ अइन्द्रसुन्दरलाई एमालेमा प्रवेश गराई समानुपातिकको सूचीमा चौथो नम्बरमा राखे ।

आदिवासी जनजातिको कोटाबाट तिलकुमार मेयाङ्बोजस्ता पुराना नेतालाई पछाडि राखेर अइन्द्रसुन्दरलाई ४ नम्बरमा राखे । भलै एमालेबाट प्रत्यक्षमा पुरुषले बढी सिट जितेकाले ३ जनामात्र पुरुष समानुपातिकमा परेका थिए । सुवास नेम्वाङले आदिबासी जनजाति कोटाबाट समानुपातिकमा १ नम्बरमा आफ्नै मामा बिजय सुब्बालाई राखी ४ नम्बरमा भाइलाई राखेका थिए ।

लिम्बु समुदायबाट एमालेमा लामो समय योगदान गरेकालाई अवसर नदिई परिवारवादलाई प्रश्रय दिने कार्यमा सुवास नेम्वाङले कुनै कसर बाँकी नराखेको मालेबाट आउनासाथ भाइ अइन्द्रसुन्दरलाई समानुपातिकको ४ नम्बरमा राखेपछि पुष्टि भएको छ ।

सुवास नेम्वाङका साइँला काकाका छोरा बसन्त नेम्वाङ ओली सरकारको मन्त्रिपरिषदमा सबैभन्दा शक्तिशाली भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् । बसन्त नेम्वाङको पनि २०४६ र २०६२–०६३ को आन्दोलनमा कुनै योगदान नभए पनि सुवास नेम्वाङकै भाइ भएकाले एकै पटक क्रेनले टिपेर भौतिक मन्त्री बनाइए । बसन्तकी श्रीमती भूमिका सुब्बालाई सुवासकै जोडमा संचार मन्त्रालय अन्तर्गत सेन्सर बोर्डको सदस्य हुँदै प्राज्ञ बनाइएको छ ।

बसन्त नेम्वाङकी भाउजू मुना नेम्वाङलाई फिदिम नगरपालिकाको उपमेयर बनाउन महेन्द्र थाम्सोहाङ जस्ता युवा र पार्टीमा योगदान भएका नेतालाई बली चढाइयो । र, मेयरको टिकट राजकुमार भण्डारीलाई दिइयो । फलस्वरुप एमालेको लहर चलेको बेला फिदिममा मेयर उपमेयर दुवै पदमा पराजय बेहोर्नुपर्यो । नेपाली कांग्रेसले चुनाव जित्यो ।

यदि थाम्सोहाङलाई टिकट दिएको भए फिदिम नगरपालिकामा एमालेले चुनाव सहजै जित्ने अवस्था थियो । तर सुवास नेम्वाङहरुको परिवारमोहका कारण एमालेले फिदिम नगरपालिकामा हार खाएको थियो । सुवास नेम्वाङकी परिवारवादको श्रृंखला यतिमा सकिंदैन । सुवास नेम्वाङकी बहिनी प्रमिला देवान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठन(न्याम्स)को रजिष्टार छिन् । सुवासकै जोडबलमा उनी रजिष्टार भएकी हुन् ।

सुवासले फुपूकी छोरी होमकुमारी सावाँलाई १ नम्बर प्रदेशको समानुपातिक सांसद बनाए । यद्यपि उनी सुवास जस्तो विवेक बन्धकी नराखी ओलीको सनकी कदमको विपक्षमा खडा भएकी छन् । अहिले उनी प्रचण्ड–माधव समूहमा लागेकी छन् । नेम्वाङले भाइ सुरेश नेम्वाङलाई सूर्योदय नगरपालिकाको उपमेयर उम्मेदवार बनाएरै परिवारबादको सुरुवात गरेको पनि पूर्वका नेकपा कार्यकर्ताको मानसपटलमा ताजै छ । नेपाल फेस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh