- राप्ती , फागुन ९ गते आइतबार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( ओली समुह ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ जिल्लाको देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ ।
पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट थिए । उनीहरुले शिलालेख सच्चाउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आएका थिए । तोडफोड हुनुको कारण पनि यही नै रहेको अनुमान गरिएको हो ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले तोडफोडबारे जानकारी आएको र अनुसन्धान भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उदघाटन गरेका थिए । सुरक्षाको कारण देखाउँदै उदघाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !