Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ प्रमुख झालाई प्रदेश सरकारले स्वागत नगर्ने

  • जनकपुरधाम , फागुन ९ गते आइतबार ।।

  • जनप्रभाव न्यूज

प्रदेश २ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका राजेश झा ‘अहिराज’लाई त्यहाँको सरकारले स्वागत नगर्ने भएको छ । दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई नियुक्त गरेको भन्दै नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वीकार नगर्ने भएको हो । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र साहले प्रदेश प्रमुखलाई आफूहरुले स्वागत नगर्ने प्रतिक्रिया दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ सरकारलाई कमजोर गर्न र बदनाम गराउने नियतले यस्ता गतिविधिहरु गरिरहेको उनले बताए । यस्तो कार्यलाई मधेसी जनताले स्वीकार नगर्ने उनको भनाइ छ । संघीयता अनुसार प्रदेश गठन भएसँगै सुरुमा रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कायस्थलाई हटाएर तिलक परियारलाई नियुक्त गरिएको थियो ।

अहिले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भित्रको झगडाका कारण परियारलाई हटाएर प्रधानमन्त्री ओलीले आफू निकटका राजेश झा ‘अहिराज’लाई प्रदेश प्रमुखमा नियुक्त गरेका छन् । प्रदेश २ सरकारका भूमि, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले प्रतिगमनका मतियारहरुको देशभर तिरस्कार हुँदै गर्दा प्रदेश २ सरकारले त्यस्ताको स्वागतका लागि रातो कार्पेट ओछ्याउँछ भनेर सपना नदेख्न आग्रह गरे । प्रदेश प्रमुख अहिराज आइतबार ४ बजे जनकपुर पुग्दैछन् । एयरपोर्टबाट सिधै उनी जानकी मन्दिर गएर पूजापाठ गर्नेछन् । त्यसपछि उनी मधेश भवन जाने तयारी छ ।

मधेश भवन (प्रदेश सरकारको मुख्यालय) मा उनी आउने बारेमा कुनै उत्साह र तयारी देखिँदैन । आइतबार मधेस भवन सुनसान देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रीको कार्यालयहरु पनि सुनसान देखिएका छन् । प्रदेश प्रमुखको कार्यालयले भने नयाँ प्रदेश प्रमुखको स्वागतका लागि तयारी थालेको छ । प्रदेश प्रमुखको निवास तथा कार्यालय सरसफाई गरिएको छ ।

यता, मुख्यमन्त्रीदेखि लिएर अन्य मन्त्री, राज्यमन्त्रीहरु आइतबार मधेस भवनमा छैनन् । विभिन्न कार्यक्रमको बहानामा अधिकांश मन्त्रीहरु जनकपुरबाट बाहिर निस्किएका छन् ।प्रदेश २ सरकारका प्रमुख न्यायधिवक्ता दीपेन्द्र झाले प्रदेश प्रमुख झालाई स्वागत गर्ने कि विरोध गर्ने भन्नेबारे आधिकारिक निर्णय नभएको बताए । उनले आफू पनि स्वागतका लागि जाने कि नजाने भन्ने बारेमा अहिलेसम्म कुनै तयारी नभएको बताए । यद्यपि सरकारको नीति अनुसार आफूले पनि व्यवहार गर्ने उनले जनाए ।

स्रोतका अनुसार प्रदेश सरकारका मुख्य सचिव तथा कर्मचारीहरु प्रदेश प्रमुख झाको स्वागतका लागि एयरपोर्ट जानेछन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह कार्यकर्ताहरु पनि स्वागतका लागि जाने बताइएको छ । एमालेका कार्यकर्ताले एयरपोर्टमा एकसय एक किलोको मालाले प्रदेश प्रमुख झाको स्वागत गर्ने तयारी भइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

19 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh