- कलैया,फागुन ९ गते आइतबार ।।
- जनप्रभाव न्यूज
भारतको बिहारसंग सीमा जोडिएका तराई जिल्लाको धनुषा , रौतहट बारामा नाका खुलेसंगै तस्करी पनि व्यापक मात्रामा भैरहेको छ। सीमामा रहेको सशस्त्र प्रहरी र चौकीमा कार्यरत नेपाल प्रहरीलाई मिलाएर तस्कर र व्यापारीले संगठित रूपमा तस्करी चलाई रहेका छन् ।
यसैक्रममा बाराको मटिर्अर्वाबाट दुवै प्रहरीको सेटिङमा कवाडीको तस्करी भैरहेको छ। सो क्षेत्रमा कवाडी संकलनका ठूला नेपाली तथा भारतीय व्यापारीहरूले प्रहरी सेटिङमा कवार्ड तस्करी गरिसकेका छन् । दुवै प्रहरी सेटिङमा कवार्डको तस्करीको लाइन पाउने मुख्य व्यापारीहरूमा नेपाली प्रकाश साह , भारतीय मुजम्भिल र मुखिया भनेर चिनिने अर्को एक जना छन् ।
उनीहरूले नेपाल प्रहरीको बारा जिल्ला स्थित डिएसपीको नाममा मासिक ५० हजार दिदै आएका छन् भने नेपाल प्रहरीको मटिर्अर्वा चौकीका सई र सशस्त्रको मटिर्अर्वा बिओपीका प्रहरी निरीक्षकलाई पनि पचास हजारको दरले रकम दिएर आफ्नो तस्करीको लाइन सुरक्षित बनाउदै आएका छन् ।
अहिले नेपाल प्रहरीको बाराको डिएसपीमा गौतम मिश्र रहेका छन् भने चौकीमा सई टीका बराल र सशस्त्रको बिओपीको प्रमुखमा निरीक्षक दीपेन्द्र फूंयाल रहेका छन् । निरीक्षक फूयालको रकमको सबै डिलिङ र लिने काम सोही बिओपीमा कार्यरत हवल्दार नन्दलाल यादवले गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !